Logo
६ कार्तिक २०८१, मंगलबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवस : विविध कार्यक्रम गरी मनाइँदै, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

संबिधान दिवसको अवसरमा प्रदेश ५ सरकार संबिधान दिवस मुल समारोह समितिको आयोजनामा बुटवलमा निकालिएको प्रभातफेरीमा सहभागी संघ÷संस्था प्रतिनिधि तथा सरकारी कर्मचारीहरु । तस्वीर: भरत के.सीकाठमाडौं : ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर अाज देशभर संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।  समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेका छन् ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी. प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको छ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ । चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाको तयारी छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ ।

यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बसेर हेर्ने व्यवस्थापनको काम गर्दैआएको कामपाले यस पटकदेखि सर्वसाधारणको लागि पनि व्यवस्थापन गरेको छ । कामनपाका अनुसार सर्वसाधारणका लागि बस्नका लागि कुर्सी, पिउने पानी, र स्वास्थ्योपचार केन्द्र राखिने छ । सर्वसाधारणका लागि तीन हजार र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी राखिसकिएको ढकालले जानकारी दिए ।

संबिधान दिवसको अवसरमा प्रदेश ५ सरकार संबिधान दिवस मुल समारोह समितिको आयोजनामा बुटवलमा निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशसभा सदस्यहरु । तस्बिर : भरत के.सी.
काभ्रेपलाञ्चोकको धुलिखेलमा संविधान दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकले बिहान धुलिखेलस्थित सरस्वती बजारमा निकालिएको ¥याली । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, प्रहरी नेपाली सेना तथा उद्योग वाणिज्य संघ र विभिन्न संघ÷संस्थाहरुको प्रतिनिधित्व रहेको ¥याली बजार परिक्रमा गरी पिपलबोटमा पुगेर सभामा परिणत भएको थियो । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोकको धुलिखेलमा संविधान दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकले बिहान धुलिखेलस्थित सरस्वती बजारमा निकालिएको ¥यालीमा नेपाल प्रहरी । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोकको धुलिखेलमा संविधान दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकलेबिहान धुलिखेलस्थित सरस्वती बजारमा निकालिएको ¥यालीमा नेपाल प्रहरी । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्